चिसो नघटेपछि जीतपुरसिमराले थप्यो हिउँदे विदा, विद्यालय ६ दिन बन्द हुने


eShilalekh

२२ पुष २०७९, शुक्रबार १९:०९

सिमराः बाक्लो हुस्सु र चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाले पुस २४ गतेदेखी ६ दिन पठनपाठन ठप्प गर्ने गरी विदा दिएको छ । उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै आईतवारदेखी शुक्रवारसम्म विदा दिएको हो ।

कार्यालयले जारी गरेको सूचना अनुसार अब उपमहानगरपालिकाभित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २४ गतेदेखि २९ गतेसम्म विदा हुने भएको छ । पूर्व निर्धारित परिक्षा कार्यक्रमबाहेक पठनपाठन ठप्प गर्न उपमहानगरपालिकाको कार्यालयले सूचनामार्फत अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले यसअघि पुस १९ गतेदेखि २२ गतेसम्म विदा दिएको थियो । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विदा दिइएको र मौसममा सुधार नभएका कारण ६ दिन विदा थप गरिएको कार्यालयको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्