बाराकी केसी पेट्रोलियम ढुवानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित


eShilalekh

९ माघ २०७९, सोमबार २१:३०

सिमरा: अमलेखगञ्जस्थित विषधारी पेट्रोल पम्पकी संचालक सीता केसी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

महासंघको काठमाडौंमा सम्पन्न १३औं साधारणसभा तथा सातौं महाधिवेशनबाट केसी केन्द्रीय सदस्यमा चयन भएकी हुन् ।

केसी लामो समयदेखि अमलेखगञ्जमा पेट्रोलियम पदार्थको कारोवार गर्दै आएकी छिन् । केसी चेम्बर अफ कमर्शसहित विभिन्न संघसंस्थामा सक्रिय छिन्  ।

अधिवेशनले मनोज कुमार दासको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्