दुधौरा मेलामा आज कमल खत्री र बेनिशा पौडेल आउँदै


eShilalekh

१० माघ २०७९, मंगलवार ०९:०१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा मंगलवार गायक कमल खत्री र गायिका बेनिशा पौडेलले प्रस्तुति दिदैछन् ।

खत्री र पौडेल दुवै नेपाली सांगीतिक क्षेत्रमा स्थापित कलाकार हुन् । दुवै कलाकार गाएका थुप्रै गितले नेपाली सांगीतिक क्षेत्रमा चर्चा पाउदै आएको छ ।

लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङको आयोजनामा माघ ५ गतेदेखि मेला भईरहेको छ । मेलालाई युवा समाज डुमरवानाले सह आयोजकको भूमिकामा सहयोग गरिरहेको छ ।

माघ २० गतेसम्म संचालन हुनेमा मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।

मेला प्रवेशका लागि आयोजकले एक सय रुपैया शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्