८८ दिनपछि मन्त्रीपरिषद विस्तार, बाराले पायो दुई मन्त्रालय


eShilalekh

२२ आश्विन २०७८, शुक्रबार १९:१०

सिमरा : सरकारले शुक्रवार विस्तार गरेको मन्त्रीपरिषदमा बाराले दुई मन्त्रालय पाएको छ । नेपाली कांग्रेसबाट उमाकान्त चौधरी र जनता समाजवादी पार्टीबाट रामसहाय यादव मन्त्री पदमा नियुक्त भएका हुन् ।


चौधरी बारा क्षेत्र नं. १ र यादव क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । चौधरीले खानेपानी र यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ८८ दिनपछि १६ मन्त्री र २ राज्य मन्त्री थप्दै मन्त्रीपरिषद विस्तार गरेको हो । मन्त्रीपरिषद विस्तार भएसंगै अबको मन्त्रीमण्डल २५ सदस्यीय भएको छ । नेपालको संवधिान २०७२ को धारा ८० बमोजमि राष्ट्रपति भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई सपथ खुवाएका छन् ।


यसअघि कांग्रेसबाट ३ मन्त्री, एकराज्यमन्त्री र माओवादीको तर्फबाट २ मन्त्री नियुक्त भएका थिए। नवनियुक्त अन्य मन्त्रीहरुमा नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू कानुन न्याय तथा संसदीय मामिला, मिनेन्द्र रिजााल रक्षामन्त्री, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका छन् । यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । । रामचन्द्र पौडेल समूहबाट बडू र रिजाल मन्त्री बनेका हुन् । रेग्मी देउवा निकट हुन् ।


यस्तै सिटाैला समूहबाट बाराका चौधरी मन्त्री बनेका हुन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा कार्की र परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयकाे जिम्मेवारी दिइएको छ।


नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमा देवेन्द्र पौडेल, भुमि व्यवस्था सहकारी तथा गरिबि निवारणमा शशी श्रेष्ठ, युवा तथा खेलकुदमा महेश्वर गहतराज मन्त्री बनेका छन् । यस्तै वोधमाया कुमारी यादवलाई शिक्षाा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि ऊर्जा मन्त्रालय पम्फा भुषाल र अर्थ मन्त्रालय जनार्दन शर्माले जिम्मेवारी लिएका थिए ।


यस्तै, नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी विराेध खतिवडालाई दिइएको छ । यस्तै, संस्कृती पर्यटन तथा नागरकि उड्यनमन्त्रीमा प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजकि सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रीमा रामकुमार झाँक्री र भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।


जनता समाजवादी पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजेन्द्र श्रेष्ठ, भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महेन्द्र राय यादव नियुक्त भएका छन् ।


उद्योग वाणज्यि तथा आपूर्ति मन्त्रीमा सांसदनै नभएका गजेन्द्र हमाललाई नियुक्त गरएिको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बलमा हमाललाई मन्त्री बनाइएको भन्दै आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्