नेकपा एमालेको वडा अधिवेशन सम्पन्न


eShilalekh

२३ आश्विन २०७८, शनिबार ११:१९


सिमरा : नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को वडा अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले अर्जुनप्रसाद दाहालको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा गोपीकृष्ण खतिवडा, सचिवमा भरत लोप्चन, सहसचिवमा वेदनाथ न्यौपाने र पार्वती पंडित चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा राजन पौडेल, समुन्द्रराज भारती, धर्मेन्द्र पटेल, दिनेश गिरी, कुमारबहादुर लामालगायत रहेका छन् ।


यसअघि अधिवेशनको उद्घाटन एमाले प्रदेश २ का सहईन्चार्ज अच्युत मैनालीले गरेका थिए । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मैनालीले माधव नेपालले पार्टी फुटाएर एमाले कमजोर नहुने बताए । एमाले नेतृत्वको सरकारले गरेका कामको मुल्यांकन जनताले गरिरहेको भन्दै एमाले आउने दिनमा अझै सशक्त हुने बताए ।


यसैगरी कार्यक्रममा बोल्दै एमाले नेता एवम् पूर्वमन्त्री पुरुषोत्तम् पौडलले पदका लागि पार्टी फुटाउने काम भएको भन्दै त्यस्तो कार्यमा आफूले असहमती राखेको बताए । केही ब्यक्तीले पार्टी फुटाएर तत्काल एमालेलाई केही असहजता भएपनि एमालेको भबिष्य आगामी दिन उज्वल रहेको बताए ।


कार्यक्रममा नेकपा एमाले प्रदेश २ की अध्यक्ष एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले केपी ओली विश्वकै दुरदर्शी र साहसी नेता भएको बताईन् । उनले एमालेलाई प्रदेश २ मा अझै सशक्त बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गरिन् ।


कार्यक्रममा एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, नेता मनोज पौडेल, नारायण क्षेत्री, धुरी साह, सीता सुवेदी, राधेश्याम शिवाकोटी, ईश्वर ढकाल, हरिदेव खरेल, अनिल कुमार मैनाली, रमेश सापकोटा, बसन्त खतिवडा, विद्यार्थी नेता मनिष प्याकुरेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा कमिटिले एमालेका अग्रज जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । हुतराज ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निर्मल भारतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्