जीतपुरसिमरामा एमालेको वडा अधिवेशन, ६ वडामा सर्वसम्मत नेतृत्व चयन


eShilalekh

७ कार्तिक २०७८, आईतवार १२:११

सिमरा : नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभर एकैसाथ वडाको अधिवेशन सुरु गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्जुअल माध्यमबाट वडा अधिवेशन सुरु गरेका हुन् ।


अध्यक्ष ओलीले उद्घाटन गरेसंगै बारामा पनि एमालेको वडा अधिवेशन हुन थालेको छ । बाराका विभिन्न पालिकामा वडास्तरका अधिवेशन भईरहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै उद्घाटनको दिन ६ वटा वडाको अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनबाट सर्वसम्मतरुपमा नेतृत्व समेत चयन भएको एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार वडा नं. ३ मा शुक्र श्रेष्ठ, वडा नं. ११ मा रामबाबु यादव, वडा नं. १३ जादो लाल सहनी, वडा नं. १५ राजकुमार अर्याल, वडा नं. २१ सुभाष श्रेष्ठ र वडा नं. २२ मा दीपेन्द्र लामाको नेतृत्वमा वडा कमिटी गठन भएको छ ।


वडा अधिवेशनमा एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साह, एमाले नेता बलविर चौधरी, अच्युत मैनाली, पुरुषोत्तम पौडेल, महमद समिर, विनोद साह, देवनारायण चौधरी, मनोज पौडेल, सरस्वती चौधरी, भोला अधिकारी, कासिम हुसेन, भरतबहादुर घलेलगायतले सम्बोधन गरिरहेका छन् । वडा अधिवेशन सुरु भएपछि यतिबेला एमालेका विभिन्न तहका नेताको व्यस्तता बढेको छ ।


एमाले बाराका अध्यक्ष चौधरीका अनुसार हालसम्म बारका ६० वटा वडाको अधिवेशन सम्पन्न भईसककेको छ । जिल्लाको सबै पालिकामा अधिवेशन भईरहेकाले आईतवार साझसम्म अधिवेशन सम्पन्न भएका वडाको आधिकारिक जानकारी आउने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्