नेकपा (एस) को वडा भेला सम्पन्न


eShilalekh

७ कार्तिक २०७८, आईतवार १२:२२

सिमरा : नेकपा एकिकृत समाजवादी पार्टीको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ ।


भेलाले चिनिमाय परियारको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा केशव थापा, सचिव नवराज श्रेष्ठलगायत रहेका छन् । भेलाले प्रकाश ढुंगानालाई युवा संघको वडा कमिटी अध्यक्षमा चयन गरेको छ ।


भेलामा नेकपा (एस)का केन्द्रीय सदस्य दिनेश राई, नेता कृष्ण खनाल, नारायण घिमिरे, कमला अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्