दोस्रो परवानीपुर गोल्डकपः सेमिफाइनल समिकरण पूरा


eShilalekh

३० फाल्गुन २०७९, मंगलवार २३:५७

सिमराः दोस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ । जनकपुर स्पोर्टस् क्लबले अन्तिम क्वाटरफाइनल खेलमा जित हात पारेसंगै प्रतियोगिताको अन्तिम चारको टुंगो लागेको हो ।

प्रतियोगितामा जनकपुर स्पोर्टस्सहित गोरखा फूटबल क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक परवानीपुर युथ क्लब सेमिफाइनल प्रवेश गरेका छन् । अन्तिम क्वाटरफाइनल खेलमा जनकपुरले केबिए ग्लोबल बिएफसी चितवन क्लबलाई ३–२ ले पराजित गरेको हो ।

खेलको म्यान अफ दि म्याच जनकपुरका राकेश यादव घोषित भएका छन् । उनले पाँच हजार नगद प्राप्त गरे । जनकपुरले अब फाइनल प्रवेशका लागि चैत्र २ गते गोरखा फूटबल क्लब सर्लाहीसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधवार आयोजक परवानीपुर युथ क्लब र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ । चैत्र ४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार र दोस्रो हुनेले ७५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्