एमाले महाधिवेशनका लागी बाराको दुई क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट


eShilalekh

२७ कार्तिक २०७८, शनिबार २०:०८

सिमरा : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि बारा क्षेत्र नं. १ र २ बाट सर्वसम्मतरुपमा प्रतिनिधि छनौट भएको छ । कोल्हबी र बक्रमपुरमा शनिवार बसेको भेलाले क्षेत्र नं. १ मा सात र क्षेत्र नं. २ मा चार गरि ११ जना प्रतिनिधि छनौट भएका हुन ।

एमाले केन्द्रीय सदस्य एवम् प्रदेश २ का सहइन्चार्ज अच्युत मैनालीका अनुसार क्षेत्र नं. १ बाट एक बहादुर श्रेष्ठ, गणेश लामा, अन्जु नेपाली, ज्ञानु केसि, केवल चौधरी, त्रिलोकी चौधरी र महेन्द्र जयसवाल प्रतिनिधिका लागि छनौट भएका हुन् ।

यसैगरी क्षेत्र नं. २ मा मखन पासवान, चन्देव चौधरी, सुरेश यादव र बन्दना सिंह छनौट भएका छन् । एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला इन्चार्ज बलबिर चौधरीले क्षेत्र नं. २ मा पनि सर्वसम्मत प्रतिनिधि छनौट भएको बताए ।


प्रतिनिधि छ्नौटका लागि क्षेत्र नं. १ मा मैनाली र क्षेत्र नं. २ मा चौधरीलाई केन्द्रीय प्रतिनिधि तोकिएको थियो । निर्वाचन कमिटीको जिम्मेवारी भने क्षेत्र नं. १ मा हस्तबहादुर लामा, चन्द्रदेव कुशवाहा, त्रिजोगी चौधरी र क्षेत्र नं. २ मा बाबुलाल यादव, कृष्णप्रसाद चौधरी, बिष्णु दासलाई दिइएको थियो ।

यसैगरी बारा क्षेत्र नं. ३ र ४ को छ्नौट आइतबार हुने भएको छ । क्षेत्र नं. ३ का लागि एमाले केन्द्रीय सदस्य महमद समीर र क्षेत्र नं. ४ का लागि एमाले केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्ष ज्वाला साहलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्