एमाले महाधिवेशन : बाराको सबै क्षेत्रको प्रतिनिधि छनौट सर्वसम्मत


eShilalekh

२८ कार्तिक २०७८, आईतवार २१:३२

सिमरा : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि बाराको चार वटै क्षेत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बाराको क्षेत्र नं. ३ र ४ मा आईतवार भएको भेलाले सर्वसम्मत सर्वसम्मत प्रतिनिधि छनौट गरेको हो ।


क्षेत्र नं. ३ बाट महाधिवेशनका लागि रविनदास श्रेष्ठ, विनोद साह, अध्यानन्द पाण्डे, एम. समिउल्लाह, अशोक लामा, प्रतिमा मैनाली, तुलसा मैनाली, लक्ष्मी नेपाली र रामनाथ बैठा छनौट भएका हुन् । यसैगरी क्षेत्र नं. ४ बाट देवनारायण चौधरी, सरस्वती चौधरी, मनोज पौडेल, भरत घले, ध्रुव यादव, मोविन आलम, सोचन यादव, उमेश कुशवाहा, कमला घिमिरे र सुगन्धी साहलाई प्रतिनिधिको रुपमा छनौट गरिएको छ ।


यसअघि बारा क्षेत्र नं. १ र २ बाट शनिवार सर्वसम्मत प्रतिनिधि छनौट भएका थिए । क्षेत्र नं. १ बाट एक बहादुर श्रेष्ठ, गणेश लामा, अन्जु नेपाली, ज्ञानु केसि, केवल चौधरी, त्रिलोकी चौधरी र महेन्द्र जयसवाल प्रतिनिधिका लागि छनौट भएका हुन् । यसैगरी क्षेत्र नं. २ मा मखन पासवान, चन्देव चौधरी, सुरेश यादव र बन्दना सिंह छनौट भएका थिए ।

यो संगै बाराबाट महाधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या ३७ पुगेको छ । एमाले बाराका अध्यक्ष देवनारायण चौधरीका अनुसार २८ जना प्रतिनिधि, चार जना केन्द्रीय सदस्य र पाच जना सल्लाहकार समिति सदस्यले महाधिवेशनमा सहभागिता जनाउनेछन् ।


प्रतिनिधि छनौटका लागि बारा क्षेत्र नं. १ मा अच्युत मैनाली, २ मा बलबिर चौधरी, ३ मा महमद समिर र ४ मा ज्वाला साह केन्द्रीय प्रतिनिधिका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्