एमाले निजगढको अधिवेशन मंसीर ३ गते


eShilalekh

१ मंसिर २०७८, बुधबार १६:४८

निजगढ: नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम अधिवेशन मंसीर ३ गते हुने भएको छ । नगर कमिटीले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको बारेमा जानकारी गराएको हो ।


अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले गर्ने भएका छन् । अधिवेशनमा सहभागी हुने पोखरेलसहित पोलिटब्युरो सदस्य केशव बडाल, प्रभु साह, कोमल ओलीलगायत केन्द्र, प्रदेश, जिल्लाका नेताको सहभागिता रहने निजगढ नगर कमिटीका अध्यक्ष दिलबहादुर लामाले जानकारी दिए ।


लामाका अनुसार अधिवेशनका लागि गठन गरिएको विभिन्न उपसमितिले तयारी पूरा गरेको छ । अधिवेशनमा नगर भित्रका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी हुने लामाले बताए ।


अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ । एमालेभित्र कुनै समस्या नरहेकाले सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुनेमा आफू आशावादी रहेको लामाले बताए ।


पत्रकार सम्मेलनमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, एमाले प्रदेश कमिटी सदस्य नारायण गौतम, महाधिवेशन प्रतिनिधि एकबहादुर श्रेष्ठ, जिल्ला कमिटी सदस्य अम्बिका चौलागाई, सुरथ पुरी, थानेश्वर सापकोटा, भोला गौतम, सरिता सापकोटालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्