यी हुन् एमाले केन्द्रीय कमिटीमा निर्वाचित बाराका ६ जना


eShilalekh

१४ मंसिर २०७८, मंगलवार २०:५३

सिमरा: नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बाराका ६ जना परेका छन् । चितवनको सौराहमा सम्पन्न निर्वाचनमा दुई पूर्वमन्त्रीसहित ६ जना निर्वाचित भएका हुन् ।


निर्वाचित हुनेमा अच्युत प्रसाद मैनाली, पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, बलवीर प्रसाद चौधरी, महम्मद समीर र मन्जुकुमारी थापा मगर रहेका छन् । पौडेल र थापामगर बाहेक अन्य यसअघि पनि केन्द्रीय कमिटीमा थिए ।


निर्वाचित भएका मैनाली पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिका जनसम्पर्क सल्लाहकार, पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री तथा सल्लाहकार समिती सदस्य, साह पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री एवम् एमाले प्रदेश २ कि अध्यक्ष, चौधरी पूर्वसभासद, समीर पूर्व प्रदेश सांसद हुन र थापामगर जिफन्टकि उपाध्यक्ष हुन् ।


मैनाली र पौडेल खुल्ला तथा चौधरी थारु क्लस्टरबाट निर्वाचित भएका हुन । मतदान प्रक्रियाबाट निर्वाचित भएका चौधरीले एक हजार आठ सय २९, पौडेलले एक हजार आठ सय ६ र मैनालीले एक हजार सात सय ६३ मत प्राप्त गरेका थिए ।


उनीहरु बाहेक अन्य तीन जना निर्विरोध निर्वाचित भएका हुन् । पूर्वमन्त्री साह मधेसी महिला, समीर मुस्लिम र थापामगर श्रमिक महिला क्लस्टरबाट निर्वाचित भएका हुन । निर्वाचित सबैले मंगलवार साझ अध्यक्ष केपि शर्मा ओलिबाट सपथ ग्रहण गरेका छन् ।


यसअघि अध्यक्ष ओलिले महाधिवेशनको बन्दसत्रमा तीन सय एक जनाको केन्द्रीय कमिटीको नामावली सर्वसम्मतका लागि प्रस्ताव गर्दा बाराका सात जना अटाएका थिए । बाराबाट जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती चौधरीलाई समेत अध्यक्ष ओलिले आफ्नो केन्द्रीय कमिटी सूचीमा राखेका थिए ।


चौधरी थारु महिला क्लस्टरबाट केन्द्रीय कमिटीमा परेकी थिइन । सोही पदमा अन्यको उम्मेदवारी परेपछी चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएर सर्वसम्मतिका लागि बाटो खुल्ला गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्