गर्मीको प्रभावः जीतपुरसिमराका विद्यालयमा थप तीन दिन बिदा


eShilalekh

२३ जेष्ठ २०८०, मंगलवार २१:०७

सिमराः अत्यधिक गर्मीका कारण नगर क्षेत्र भित्रका विद्यालयमा विदा दिदै आएको जीतपुरसिमराले मंगलवार तीन दिन विदा थप गर्ने निर्णय गरेको छ ।

गर्मी नघटेका कारण उपमहानगरपालिकाले जेठ २६ गतेसम्मका लागि विदा थप गरेको हो । चर्को गर्मीका कारण विद्यार्थीमा समस्या हुने देखेपछि उपमहानगरपालिकाले जेठ १८ गतेदेखि विदा दिदै आएको छ ।

पहिलो पटक जेठ २० गतेसम्म विदा दिएको उपमहानगरपालिकाले गर्मी नघटेपछि विदा लम्ब्याएर जेठ २३ गतेसम्म दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्