बारामा एक सय ५५ किलो लागूऔषध गाँजासहित कार चालक पक्राउ


eShilalekh

१६ आश्विन २०८३, शुक्रबार १३:५५

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ इमलीप्रतिबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ का २८ वर्षीय अम्बिर डिम्डुङ रहेका छन् ।

मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरा ल्याई जाँच गरेको थियो । जाँच गर्दा कार भित्र रातो प्लास्टिकले बेरी लुकाइछिपाई राखेको अवस्थामा एक सय ५५ किलो ६३५ ग्राम गाँजा बरामद भएको हो ।

बरामद लागूऔषध गाँजा, कार र चालकलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्