सिमरामा बजाज एन सिरिजका दुई मोटरसाइकल लन्च


eShilalekh

२७ असार २०८०, बुधबार २१:५५

सिमरा: बजाजको एन सिरिजमा ६ इन्जिनयुक्त दुई नयाँ मोटरसाइकल बुधबार सिमरामा लन्च गरिएको छ । सिमरास्थित सक्षम इन्टरप्राइजेजले बिएस ६ भर्सनका एनएस २०० र १६० पल्सर मोटरसाइकल लन्च गरेको हो ।

सिमरास्थित प्रोग्रेसिभ फाइनान्सका शाखा प्रवन्धक साबिर अलिले एक कार्यक्रमका बीच मोटरसाइकल लन्च गरेका थिए । मोटरसाइकल लन्च गर्दै प्रवन्धक अलिले सवारीसाधनका लागि ग्राहकलाई आवश्यक पर्ने वित्तीय सहकार्यका गर्न आफू कार्यरत रहेको संस्था तयार रहेको बताए ।

कार्यक्रममा सक्षम इन्टप्राइजेजका संचालक शिवहरी गौतमले यसअघि आएका भर्सनभन्दा थप क्षमता र सुविधासहित नयाँ मोटरसाइकल भित्रिएको बताए । उनले बजाज मोटरसाइकलको सबै सेवा प्रदान गरिने समेत जानकारी दिए ।

लन्च भएका दुई मोटरसाइकलमध्ये एनएस २०० को बजार मूल्य चार लाख २४ हजार नौ सय र एनएस १६० को तीन लाख चौरासी हजार नौ सय रहेको छ । बजाजको आधिकारिक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले केही महिना अघि नयाँ भर्सनका दुई मोटरसाइकल नेपाल भित्राएको थियो ।

प्रतिक्रिया दिनुहोस्