कक्षा १२ को परीक्षाफल साउनमा सार्वजनिक गरिने


eShilalekh

३ श्रावण २०८०, बुधबार २१:५२

सिमराः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल साउनमा सार्वजनिक गर्ने भएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म लिइएको परीक्षाको नतिजा बोर्डले साउनमा सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएका छन् । उनका अनुसार परीक्षा सम्पन्न भएको तीन महिना भित्र अर्थात साउन महिनामा नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी रहेको बताएका छन् ।

यस वर्ष कक्षा १२ मा देशभरीका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्