बारामा कांग्रेस क्षेत्रीय अधिवेशन: देउवा समुहको वर्चश्व


eShilalekh

१७ मंसिर २०७८, शुक्रबार २०:५२

सिमरा: नेपाली कांग्रेस बाराको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समुहको वर्चश्व देखिएको छ । क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको नतिजाले जिल्लामा देउवा समुह बलियो देखिएको हो ।

चार निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रको मतपरिणाम आउदा दुवै क्षेत्रमा देउवा समुहको प्यानलले जित हात पारेको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा देउवा समुहका सुनिल गुप्ता र क्षेत्र नं. ३ मा प्रभात कुमार चौरसियाको प्यानल बिजयी भएको हो ।

गुप्ताले पौडेल समुहबाट क्षेत्रीय सभापतिका उम्मेदवार बनेका लालबाबु यादवलाई ११ भोटले पराजित गरेका हुन् । क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि देउवा समुहले क्लिन स्विप गरेको छ । देउवा समुहबाट २५ जना केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

यसैगरी क्षेत्र नं. ३ मा चौरसियाको प्यानलले क्षेत्रीय सभापतिका उम्मेदवार मुकेश कुशवाहासहित प्यानललाई पराजित गरेका हो । महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनको परिणाममा पनि देउवा समुहकै वर्चश्व देखिएको छ ।

पौडेल समुहका दुईबाहेक अन्य २३ प्रतिनिधि देउवा समुहकै रहेका छन् । दुई वटा निर्वाचन क्षेत्रबाट ४८ जना देउवा समुहका प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुदा पौडेल समुहबाट मनोज भट्ट र रामानन्द यादव निर्वाचित भएका छन् ।

क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा दुवै समुहले छुट्टाछुट्टै प्यानल बनाएर मतदानमा सहभागी भएका थिए । क्षेत्र नं. १ र २ को मतपरिणाम भने आउन बाकी छ ।


यि हुन महाधिवेशन प्रतिनिधि:

क्षेत्र नं. ४ः शोभा लामा, श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, मधु शाही ठकुरी, कपिलदेव प्रसाद यादव, जगदिश साह कानु, जयनारायण प्रसाद यादव, दीपेन्द्र महतो कुशवाहा, मदन प्रसाद यादव, महेन्द्र प्रसाद गुप्ता, संजय कुमार साह, राजन प्रसाद खरेल, सुनैनादेवी कलवार, ईन्द्रासन प्रसाद मण्डल, राधादेवी साह, जासोदेवी यादव, धरोहरी देवी यादव, सुरेन्द्रप्रसाद गुप्ता, जयनारायण प्रसाद कुर्मी, योगेन्द्र हजरा, अफरोज आलम अंसारी, रामबहादुर अधिकारी, नगिना कुमारी, संगितादेवी कोईरी, धिरेन्द्रकुमार सिंह

क्षेत्र नं. ३ः राजेश राय यादव, राजेन्द्रकुमार जयसवाल, चन्देश्वर दुवे, नवराजबहादुर खड्का, तेजनारायणप्रसाद कलवार, शरदचन्द्र भट्टराई, जटाशंकर सहनी, सुर्यजितकुमार सिंह, तारा घिमिरे, चित्रकला मैनाली, विन्दुकुमारी नेपाल, बिमला नेपाल, रन्जन भट्टराई, श्यामबहादुर मगर, दुर्गाप्रसाद, बजरंगी प्रसाद साह, कान्तीकुमारी देवी, कलावती देवी पासवान, कुन्ती कुमारी, लालबाबु राय चौधरी, महम्मद अतिउर रहमान, तबस्सुम आरा अंसारी, बलराम सिंह, मनोज भट्ट, रामानन्द यादव

पूर्वसभासद पराजुली र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

पूर्वसभासद एवम् नेपाली कांग्रेसका नेता शोभाकर पराजुली बारा क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।

मतदान प्रक्रियामा स्वतन्त्र उम्मेदवारी दिएका पराजुली ७२ भोट ल्याएर पराजित भएका हुन् । देउवा र पौडेल समुहले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडिरहदा पराजुलीले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसैगरी पौडेल समुहको नेतृत्व गर्दै चुनाव लडेका अर्का पूर्वसभासद लालबाबु सिंह पनि पराजित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका सिंह पराजित भएका हुन् ।

क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति जयचन्द्र चौरसिया पराजित भएका छन् । देउवा समुहका चौरसिया र राजकुमार सेढाईलाई पराजित गर्दै पौडेल समुहका मनोज भट्ट र रामानन्द यादव विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्