माओवादी केन्द्रको जीतपुरसिमरा नगर सदस्यमा ७९ जना निर्वाचित (नामावलीसहित)


eShilalekh

२० मंसिर २०७८, सोमबार ०९:३६

सिमरा: नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनले जीतपुरसिमरा नगर कमिटी सदस्य निर्वाचित गरेको छ । आईतवार सम्पन्न निर्वाचनबाट ७९ जना नगर कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित सदस्यले मंसीर २२ गते पदाधिकारी चयन गर्नेछन् । माओवादी केन्द्रमा नगर सम्मेलनले नगर कमिटी सदस्य र नगर सदस्यले पदाधिकारी चुन्ने ब्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार दुई दिनसम्म चलेको सम्मेलनले आवश्यक ८१ सदस्य मध्ये ७९ जना मतदानबाट चुनेको हो । उम्मेदवारी रद्ध भएका कारण दुई पद भने रिक्त भएको छ ।

नगर कमिटी सदस्यका लागि आवश्यक संख्याभन्दा आकांक्षी बढी भएपछि मतदान गरिएको थियो । ८१ पदका लागि एक सय १८ जनाले उम्मेदवारी दिएका थिए । उनिहरुलाई वडाबाट आएका तीन सय ५३ जना नगर सम्मेलन प्रतिनिधिले मतदान गरेका थिए ।

निर्वाचित नगर कमिटी सदस्यको नामावली
खुल्ला:
उद्धव अधिकारी, कृष्ण प्रसाद चौलागाई, कृष्णबहादुर ठकुरी, कुन्साङ थिङ, केदारनाथ बजगाई, खगेन्द्रबहादुर रिजाल, गंगाधर ढकाल, जयराम यादव, तिलकबहादुर श्रेष्ठ, दीपकबहादुर कार्की, दीपेन्द्रप्रसाद चौधरी, धर्मबहादुर श्रेष्ठ, नुरेन हुसेन, प्रमोद प्रसाद चौधरी, बलरामप्रसाद चिमरिया, बेनि प्रसाद तिमिल्सिना, भरतप्रसाद भण्डारी, भिमप्रसाद चौलागाई, मणिकलाल थिङ, मनलाल श्रेष्ठ, मनोज पुरी, माधव प्रसाद पाण्डे, मिनप्रसाद आपागाई, राजकिशोर चौधरी, राजेन्द्र भट्टराई, रामचन्द्र अधिकारी, लक्ष्मीकान्त प्यारेलाल, शिवशंकर चौधरी, श्यामा सापकोटा, हरी चौधरी, हेमनारायण तिमल्सेना

खुल्ला महिला
कुसुम श्रेष्ठ, गोमा उपाध्याय बास्कोटा, निर्मला श्रेष्ठ, पार्वती खतिवडा रेग्मी, मनमाया घले, मिरा ढकाल, रामदुलारी थरुनी, रुकमाया तामाङ, शर्मिला ढुंगाना, सविना गोले, सिर्जना चौलागाई, सिमा चौधरी, सुकमाया वाईवा, सुमित्रा कार्की, हिरामाया मोक्तान

खुल्ला दलित
नवराज बिक, राजदेव राम, श्यामसुन्दर पासवान, सुन्दर सुनार

दलित महिला
चिन्तादेवी राम, प्रेमा हजारा, रन्जना बिक, सुकमाया बिक

दलित युवा
अमृत परियार, सुशिल बिक

मुस्लिम युवा
नाजिर अंसारी, सुभाष मंसुर

खुल्ला युवा
गोविन्द बहादुर अधिकारी, चन्द्रप्रसाद पनेरु, तिर्थ गुरुङ, प्रेम बराल, भोजबहादुर खत्री, मोहित चौधरी, अर्नुन अधिकारी, हरिकृष्ण केसी

महिला युवा
जुना घिमिरे, प्रेमाकुमारी बल, सुष्मा श्रेष्ठ, सिता खत्री

निर्वाचनका लागि राजु अधिकारीको नेतृत्वमा निर्वाचन मण्डल बनाइएको थियो । सम्मेलनले प्रदेश प्रतिनिधि समेत निर्वाचित गरेको छ । मतदानबाट निर्वाचित प्रदेश प्रतिनिधिको नामावली यसप्रकार छ ।

खुल्ला
केदारनाथ बजगाई, देवकुमार श्रेष्ठ, बलराम प्रसाद चिमरिया, भरत प्रसाद भण्डारी, राजनराज चौधरी, रामप्रसाद लामिछाने, हरी चौधरी

खुल्ला युवा
दीपक कार्की, प्रेम बराल, भोजबहादुर खत्री, अर्जुन अधिकारी

खुल्ला दलित
सुन्दरबहादुर सुनार, सुमित्रा नेपाली

प्रतिक्रिया दिनुहोस्