घण्टीमाईमा सहकारी व्यवस्थापन तालिम सम्पन्न


eShilalekh

२ भाद्र २०८०, शनिबार १३:४८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थामा सहकारी व्यवस्थापन सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । साना किसान लघुवित्त विकास बैंकको समृद्धि कार्यक्रम अन्तर्गत प्रशिक्षण सम्पन्न भएको हो ।

सहकारी संस्थाको उदेश्य तथा सेवा प्रवाह, संचालक समितिको भूमिका, कर्मचारीको दायित्वलगायतको विषयमा दक्ष बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । दुई दिने प्रशिक्षणमा सहकारी विज्ञ प्रकाश पाण्डेले सहजीकरण गरेका थिए ।

तलिममा सहकारी संस्थामा सुशासन कायम गर्ने, समाजप्रतिको उत्तरदायित्व बहन गर्ने, उदेश्यमा केन्द्रीत हुनेलगायत विभिन्न प्राविधिक विषयमा प्रशिक्षित गराईएको घण्टीमाई सहकारीकी सूचना अधिकारी अस्मिता शर्माले जानकारी दिएकी छिन् ।

प्रशिक्षणमा संस्थाकी अध्यक्ष कोपिला सिंखडासहित संचालक समिति, कर्मचारी र लेखा समितिका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्