माओवादी केन्द्रको नगर अध्यक्षमा बराल निर्वाचित


eShilalekh

२३ मंसिर २०७८, बिहीबार २०:११

सिमरा: नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा नगर कमिटीको नगर अध्यक्षमा प्रेम बराल निर्वाचित भएका छन् । डुमरवानामा विहिवार भएको निर्वाचनबाट बराल नगर कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

बरालले ४४ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी धर्मबहादुर श्रेष्ठले ३५ मत प्राप्त गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको थियो ।

निर्वाचनबाट केन्द्रको उपाध्यक्षमा राजेन्द्र भट्टराई, रामदुलारी थरुनी, क्यामुदिन मंसुरी निर्वाचित भएका छन् । भट्टराई र रामदुलारीले ४६/४६ मत प्राप्त गरे भने मंसुरीले ४२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा पराजित उम्मेदवार कृष्णबहादुर ठकुरीले २५, गोमा बास्कोटा २३, राजदेव राम १७ र लक्ष्मीकान्त प्यारेलालले ९ मत प्राप्त गरेका थिए ।

कमिटीको सचिवमा सर्वाधिक ६० मत प्राप्त गर्दै बलराम प्रसाद चिमरिया विजयी भएका छन् । सचिवका प्रत्यासी मोहित चौधरीले १६ मत प्राप्त गरेका छन् ।

यसैगरी सहसचिवमा मनिकलाल थिङ विजयी भएका छन् । थिङले ४५ मत प्राप्त गरेका छन् । सहसचिवका उम्मेदवार हरि चौधरीले २८ र अर्का उम्मेदवार माधव पाण्डले दुई मत प्राप्त गरेका छन् ।

कमिटीको कोषाध्यक्षमा श्यामसुन्दर पासवान झिनो मतले विजयी भएका छन् । कोषाध्यक्षकी उम्मेदवार मनमाया घलेभन्दा दुई मत बढी ल्याएर पासवान निर्वाचित भए । पासवानले ३९ मत प्राप्त गर्दा घलेले ३७ मत प्राप्त गरिन् ।

माओवादी केन्द्रको मंसीर १८ र १९ गते सिमरामा भएको प्रथम नगर सम्मेलनले ७९ जना नगर कमिटी सदस्य मतदानबाट चयन गरेको थियो । सोही मदतानबाट निर्वाचित नगर सदस्यले पदाधिकारी चयन गरेका हुन्

प्रतिक्रिया दिनुहोस्