एमाले विरुद्धको घेराबन्दी देश र जनताको हित विपरितः पूर्वमन्त्री पौडेल


eShilalekh

१ मंसिर २०८०, शुक्रबार २०:५५

सिमराः नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीविरुद्धको घेराबन्दी देश र जनताको हित विपरित रहेको बताएका छन् । एमालेको जनप्रिय सरकार ढाल्ने र एमालेविरुद्ध भईरहेको घेराबन्दीको बारेमा जनता जानकार रहेको भन्दै नेता पौडेलले ति घेराबन्दीलाई जनताले तोड्ने दाबी गरे ।

एमाले सुवर्ण गाउँपालिका वडा नं. ६ द्धारा पर्शुरामपुरमा शुक्रबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेको नेतृत्वमा रहेको सरकारले गरेका कामको मूल्यांकन जनताले गर्ने बताए । सरकारको सफल नेतृत्व गरिरहेको एमालेविरुद्ध सबै मिलेर घेराबन्दी गर्दै कमजोर पार्ने खेल गरेको भन्दै नेता पौडेलले देशको समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको समेत बताए ।

सुर्यको उपासना गरेर मनाईने छठ पर्वको महत्व र विशेषता अन्यन्तै रहेको भन्दै नेता पौडेलले सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य बलवीर चौधरी, एकबाल मियाँ, एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यानन्द पाण्डे, एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, श्रीभगवान गिरीलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्