एमाले जीतपुरसिमरा-५ को वडा अधिवेशन सम्पन्न


eShilalekh

१७ आश्विन २०८३, शनिबार २२:२८

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन शनिबार बकुलियामा सम्पन्न भएको छ । अधिवेशनले बैधनाथ चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।

गठित नयाँ कमिटीको उपाध्यक्षमा शिवमंगल सहनी, सचिवमा नरेश राम, उपसचिवमा बृजमोहन चौधरी र सोखिला चौधरी निर्वाचित चयन भएका छन् । यसैगरी कमिटीको सदस्यहरूमा बिगा चौधरी, सादिर हुसेन, श्रीराम माझी, रघुनाथ चौधरी, जगरनाथ राम, सन्तलाल चौधरी, प्रभु साह, हिरा चौधरी, प्रेम राम, केश्वर धामी, रामनारायण चौधरी, विजय सहनी र शम्भु चौधरी लगायत रहेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यलाई एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अच्युत मैनालीले पार्टी संगठन सुदृढीकरण र वर्तमान राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा एमाले मधेस सचिवालय सदस्य सुन्दर विक, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले जिल्ला सचिवालय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य कृष्ण खनाल र नगर कमिटी सदस्य राजकुमार न्यौपाने लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहले पार्टीलाई अझ मजबुत र संगठित बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वलाई सार्वजनिक चासोका विषयहरूमा सधैं अग्रसर भएर जनताको पक्षमा निरन्तर काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्