एमाले बाराको अधिवेशन पुस चौथो साता हुने


eShilalekh

१ पुष २०७८, बिहीबार २१:४०

सिमरा: नेकपा एमाले बाराको दशौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । जिल्ला पदाधिकारीको विहिवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनका लागि पुस १५ गतेभित्र सबै स्थानिय तहको अधिवेशन र सदस्यता नविकरणको काम सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । बैठकले पुस १० गते मुस्लिम ईत्तेहाद संगठनको जिल्ला भेला समेत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले पुस ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पर्सामा हुने कार्यक्रमलाई सफल बनाउन सवै तह र संगठनलाई सक्रिय हुन आवहान गरेको छ । अध्यक्ष ओली पर्साको जगरनाथपुरमा हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।

बैठकले पुस ३ गते कलैयामा हुने दलित सभा र पोलिटव्युरो सदस्य महेश बस्नेतको उपस्थितीमा हुने बिश्रामपुर गाउँपालिकाको प्रथम अधिवेशन सफल बनाउन जनसहभागिता जुटाउने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न वैठकमा पार्टीका पोलिटव्युरो सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल, ज्वाला साह, जिल्ला ईञ्चार्ज बलवीर चौधरी, केन्द्रीय सदस्य महम्मद समिर, सरस्वती चौधरी, उपाध्यक्ष विनोद साह, सचीव गोविन्द पौडेललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्