मन्सुर र चौधरी बने कांग्रेस सहमहामन्त्री


eShilalekh

३ पुष २०७८, शनिबार ०८:०२

सिमरा: नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बाराका फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

मन्सुर मुस्लिम र चौधरी थारु क्लस्टरबाट महामन्त्रीमा निर्वाचित भएका हुन् । मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गर्दा उनका प्रत्यासी शेख वकीलले एक हजार आठ सय ७१ मत प्राप्त गरेका छन् ।

यसैगरी खानेपानी मन्त्री समेत रहेका चौधरीले दुई हजार सात सय ६२ मत प्राप्त गरे भने उनका प्रत्यासी तेजुलाल चौधरीले एक हजार आठ सय ७७ मत प्राप्त गरेका छन् । फराकिलो मतसहित सहमहामन्त्रीमा निर्वाचित मन्सुर र चौधरी कांग्रेस भित्रका प्रभावशाली नेता हुन् ।

चौधरी हाल बारा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने मन्सुर पूर्व श्रम तथा रोजगार मन्त्री र बारा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्