ट्रक यातायात व्यवसायीले संचालनमा ल्याए सहकारी


eShilalekh

२४ पुष २०७८, शनिबार २०:२०

सिमरा: ट्रक यातायात व्यवसायीहरुद्धारा संचालित तराई यातायात व्यवसायी सहकारी संस्था लिमिटेडको संचालक कमिटी गठन भएको छ । सिमरामा शनिवार सम्पन्न प्रारम्भिक साधारण सभाले ओमकृष्ण कार्कीको अध्यक्षतामा कमिटी गठन गरेको हो ।

कार्कीको अध्यक्षतामा गठित कमिटीको बरिष्ठ उपाध्यक्षमा राजेशभक्त पौडेल, उपाध्यक्ष दिनेश सुवेदी, सचिव युवराज न्यौपाने, सहसचिव नविन थापा, कोषाध्यक्ष कुमार राई, सहकोषाध्यक्ष सुस्मिता उपाध्याय रहेका छन् । यसैगरी कमिटीको सदस्यमा यातायात व्यवसायीहरु रामबहादुर कार्की, लोकराज पौडेल, देवकुमार श्रेष्ठ, हिरामाया मुल्मी, प्रमोदकुमार श्रेष्ठ र तारानाथ पौडेल चयन भएका छन् ।

साधारण सभाले लेखा समिति संयोजकको जिम्मेवारी उत्तमप्रसाद अधिकारीलाई दिएको छ । अधिकारीको नेतृत्वमा रहेको समितिको सदस्यमा नारायणप्रसाद घिमिरे र विजय रन्जितकार रहेका छन् ।

लामो समयदेखी यातायात क्षेत्रमा सक्रिय रहेका व्यवसायीहरुले संगठित हुदै सहकारी संचालनमा ल्याएका हुन् । सहकारीले तत्काल सवारी साधनसंग सम्बन्धित टायर, पार्टस् सुपथ मुल्यमा विक्री गर्ने तयारी गरेको छ । यातायात व्यवसायीलाई बजारमा पाईने भन्दा कम मुल्यमा सामान उपलब्ध गराउने सहकारीको उदेश्य रहेको संचालक समितिका अध्यक्ष ओमकृष्ण कार्कीले बताए ।

सहकारीले फाल्गुन महिनादेखी बचतको काम शुभारम्भ गर्ने र यातायात व्यवसायीलाई आवश्यकताअनुसार ऋण समेत उलपब्ध गराउने कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्