लायन्स क्लब अफ अमलेखगञ्जको वर्ष २०२४।२५ को अध्यक्षमा श्रेष्ठ चयन


eShilalekh

११ बैशाख २०८१, मंगलवार १०:५४

सिमराः लायन्स क्लब अफ अमलेखगञ्जको वर्ष २०२४।२५ को अध्यक्षमा सुवास श्रेष्ठ चयन भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई क्लबको अध्यक्ष चयन गरिएको हो ।

श्रेष्ठ वर्ष २०२३–२४ को प्रथम उपाध्यक्ष समेत रहेका थिए । शिक्षण पेशा हुँदै जनप्रतिनिधिमा निर्वाचित श्रेष्ठ लायन्स क्लबमार्फत सामाजिक सेवामा समेत सक्रिय छन् ।

यसैगरी क्लबको प्रथम उपाध्यक्षमा मान्वेन्द्रप्रसाद चित्रकार, सचिवमा नरेशकुमार मगर र कोषाध्यक्षमा रोहित साह चयन भएका छन् । यस्तै क्लबका संस्थापक अध्यक्ष चुडामणी खरेल (कपिल) लाई एरिया को–चिफ र वर्ष २०२३।२४ का अध्यक्ष विनय साहलाई जोन चेयरपर्सन चयन गरिएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ एस की वर्ष २०२४।२५ की डिष्ट्रिक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फेले खरेललाई एरिया को–चिफ र साहलाई जोन चेयरपर्सन चयन गरेकी हुन् ।

नवनिर्वाचित पदाधिकारीले सन् २०२४ को जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान पदाधिकारीको कार्यकाल जुन अन्तिममा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्