वरिष्ठ सइले बोकेको पेस्तोल हरायो, खोजी गर्दै प्रहरी


eShilalekh

११ बैशाख २०८१, मंगलवार १३:२४

सिमराः अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक पूज्य बिसीले बोकेको पेस्तोल हराएको छ । जीतपुरसिमरा २२ स्थित चकरी जंगल क्षेत्रबाट बिसीले बोकेको पेस्तोल सोमबार हराएको हो ।

उक्त पेस्तोलमा १० राउण्ड गोली लोड गरिएको छ । अवैध लागूऔषध गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि बिसीको नेतृत्वमा प्रहरीको टोली चकरी क्षेत्रमा पुगेको थियो । सोही क्रममा गाँजा तस्करलाई लखेट्न खोज्दा पेस्तोल हराएको भन्ने जानकारी आएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

‘अपरेशनका क्रममा पेस्तोल हराएको भन्ने जानकारी आएको छ’ प्रवक्ता न्यौपानेले भने ‘अहिले उक्त पेस्तोलको खोजी गर्ने काम भईरहेको छ ।’ प्रहरीको टोलीले चकरी जंगल क्षेत्रमा पेस्तोल खोजी गरिरहेको छ । तर यो समाचार तयार पार्दासम्म हराएको उक्त पेस्तोल भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्