वीरगन्जमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते


eShilalekh

१३ बैशाख २०८१, बिहीबार १९:२८

सिमराः वीरगन्जमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका २५ का अर्जुन पटेल रहेका छन् ।

मौजे सिर्सियाबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना१८प ९८१६ नम्बरको मोटसाइकल विपरित दिशाबाट आईरहेको ना३१प ३८३५ नम्बरको मोटसाइकलसंग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय पटेलको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मौजे सिर्सियाका २० वर्षीय आकाश पटेल, १५ वर्षीय कन्हैया चतुर्वेदी र १५ वर्षीय सामा पटेल घाइते भएका छन् । घाइते तीनै जनाको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्