बाराबाट झण्डै सात हजार परिक्षार्थीले कक्षा १२ को परीक्षा दिँदै, यी हुन् परीक्षा केन्द्र


eShilalekh

१३ बैशाख २०८१, बिहीबार २०:४६

सिमराः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले लिने कक्षा १२ को वार्षिक परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ । उक्त परीक्षामा बाराबाट झण्डै सात हजार परिक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षा बोर्डको हेटौंडास्थित शाखा कार्यालयका अनुसार बाराबाट ६ हजार नौ सय ४३ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये चार हजार ६ सय ४९ नियमिततर्फका छन् भने अन्य आंशिकतर्फको परिक्षार्थी रहेको कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

कक्षा १२ को परीक्षामा बाराको ६६ विद्यालयका परिक्षार्थीले १७ वटा केन्द्रबाट परीक्षा दिनेछन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराका प्रमुख हेमराज खतिवडाले १७ वटा विद्यालयमा रहेको केन्द्रमा परीक्षा संचालन हुने बताए ।

यी हुन् बाराको ६६ विद्यालयको परीक्षा केन्द्रः

प्रतिक्रिया दिनुहोस्