करेन्ट लागेर बारामा एकको मृत्यु


eShilalekh

१३ बैशाख २०८१, बिहीबार २१:००

सिमराः बाराको सिम्रौनगढमा करेन्ट लागेर बुधबार राती एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ १० देवापुर टेटाका २५ वर्षीय काशीराज यादव रहेका छन् ।

खेतमा पानी हाल्नका लागि विधुतिय मोटरमा तार जोड्ने क्रममा यादवलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाईते यादवलाई उपचारका लागिअस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्