कक्षा १२ का परीक्षार्थीद्वारा हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड


eShilalekh

१६ बैशाख २०८१, आईतवार १४:१५

पर्साः वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले कक्षा १२ को परीक्षा मर्यादित बनाउने बहानामा परीक्षार्थीहरुलाई अनावश्यक दुःख दिएको आरोप लगाउदै तोडफोड गरेका हुन् ।

परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरुले बिना कारण विद्यार्थीको उत्तर पुस्तिका खोस्ने र निष्कासित गर्ने धम्की दिने जस्ता गतिविधि गरेको आरोप लगाउदै विद्यार्थीहरु आक्रोषित भएका थिए ।

परीक्षा समाप्त भए पश्चात आक्रोशित विद्यार्थीहरुले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा प्रहार गरेका थिए । तोडफोडबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाईकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थितलाई नियन्त्रणमा लिन क्याम्पस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्