नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको शुभकामना आदानप्रदान सम्पन्न


eShilalekh

१६ बैशाख २०८१, आईतवार १४:४९

सिमराः नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ को इकाइद्धारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. २ को छठिमाइ मन्दिर सभाहलमा आयोजित कार्यक्रममा जीतपुरसिमराका उपप्रमुख भोला प्रसादअधिकारी, एमाले मधेस प्रदेश कमिटिका सचिव मनोज पौडेल, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राष्ट्रिय भूतपूर्व सैनिक संघ बाराका अध्यक्ष बैकुण्ठबहादुर सिलवाल, सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, छठिमाइ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कर्ण, संघका नगर अध्यक्ष रामबहादुर पाठक, बेलि पाठक, लक्ष्मण रानाभाट, किरण कार्की र ओम पाण्डेयलगायतले शुभकामना राखेका थिए ।

कार्यक्रम वडा इकाइ अध्यक्ष डोरबहादुर देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्