तराईका जिल्लामा केही दिन तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह


eShilalekh

१६ बैशाख २०८१, आईतवार १४:४९

बाराः मधेस प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै पाँच दिनसम्म तातो हावा चल्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागका अनुसार तराई–मधेसमा वैशाख २० सम्म तातो हावा चल्ने सम्भावना छ ।

मधेस, लुम्बिनीसहितका अधिकांश जिल्लामा केही दिन देखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार ३८ डिग्रीभन्दा तल अधिकतम मापन गरिएका मधेसका पर्सा, सिरहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम अझ बढ्न सक्ने देखिएको बताए ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्