कलैया उपमहानगरपालिकामा सोमबार शोक बिदा


eShilalekh

१६ बैशाख २०८१, आईतवार १७:०८

सिमराः कलैया उपमहानगरपालिकाले कर्मचारी निधनको शोकमा सोमबार बिदा दिएको छ । उपमहानगरपालिकाको पशु विकास शाखामा कार्यरत विशेन्द्रकुमार यादवको शनिबार भएको निधनको शोकमा बिदा दिइएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आइतबार सूचना जारी गर्दै नगर, वडा, शैक्षिक तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्