नक्कली नोटसहित वीरगन्जबाट दुई जना पक्राउ


eShilalekh

१८ बैशाख २०८१, मंगलवार १७:३७

सिमराः पर्सा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाँउपालिका २ की ४० वर्षीया हलिमा खातुन र भारत विहार पश्चिम चम्पारणका २० वर्षीय क्यामुदिन मिया रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले एक लाख २३ हजार नक्कली नोट बरामद गरेको हो । मियाँको साथबाट एक हजार दरको एक थान र खातुनको साथबाट एक हजार दरको एक सय २२ थान नोट बरामद भएको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका ९ स्थित घण्टाघर क्षेत्रको सडकमा हिडिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्