प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनेर रकम ठगी गर्ने पक्राउ


eShilalekh

१९ बैशाख २०८१, बुधबार १२:४४

सिमराः प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनेर रकम ठगी गर्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिलवाका ४१ वर्षीय दुर्गा साह कानु रहेका छन् ।

ज्यान सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका व्यक्तिको परिवारसंग कानुले ६ लाख रुपैया ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका व्यक्तिको आफन्तले दिएको जाहेरीका आधारमा कानुलाई पक्राउ गरी कारवाही थालिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

कानुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतले म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्