नबिल बैंक चोरी प्रकरणः बोरामा हालेर लगियो एक करोड ३४ लाख


eShilalekh

१९ बैशाख २०८१, बुधबार १३:०४

सिमराः वीरगन्जस्थित नबिल बैंकमा भएको चोरी प्रकरणमा पर्सा प्रहरीले यतिबेला अनुसन्धान गरिरहेको छ । बैंकबाट एक करोड ३४ लाख रकम चोरी भएको घटना सार्वजनिक भएपछि पर्सा प्रहरी अनुसन्धानमा जुटेको हो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चोरसम्म पुग्नका लागि सिसिटिभी फुटेजसहित अन्य प्रमाण जुटाईरहेको छ । रातीको समयमा चोरले ताला फुटाएर रकम चोरी गरी पुनः नयाँ ताला लगाएर गएको देखिएको छ ।

घटनापछि बैंकले चोरी भएको पैसाको एकिन गरी मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । बैंकका अनुसार एक करोड ३४ लाख ६५ हजार रकम चोरी भएको छ । चोरले उक्त रकम बोरामा हालेर लगेको सिसिटिभी फुटेजमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्