भन्सार छलिको सामान बोकेको आरोपमा ट्रक नियन्त्रणमा


eShilalekh

२३ बैशाख २०८१, आईतवार १६:११

सिमराः भन्सार छलिको सामान बोकेको आरोपमा प्रहरीले पथलैयाबाट एउटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौं जादै गरेको ट्रक नियन्त्रणमा लिएको हो ।

राजमार्गमा सवाी चेकजाँचका क्रममा ना६ख ८०३२ नम्बरको उक्त ट्रकले बिल भरपाइ भन्दा बढीको सामान ढुवानी गरेको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ट्रकले ४८ लाख ५० हजार मूल्य बराबरको हार्डवेयर पार्टस् र खुद्रा समान बिल भन्दा बढी ढुवानी गरेको हो ।

प्रहरीले उक्त ट्रकसहित सामान नियन्त्रणमा लिएर अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्