वीरगन्जको नारायणी सेन्ट्रल हस्पिटलले एक दिनका लागि निशुल्क सेवा प्रवाह गर्ने


eShilalekh

२४ बैशाख २०८१, सोमबार १४:०८

वीरगन्ज: विश्व रेडक्रस दिवसको अवसरमा वीरगन्जको नारायणी सेन्ट्रल हस्पिटलले निशुल्क ओ.पि.डी सेवा सञ्चालन गर्ने भएको छ । बैशाख २६ गते बुधवार निशुल्क सेवा प्रदान गर्न लागेको अस्पतालका चिकित्सा निर्देशक प्राध्यापक डा. प्रमोद कुमार सर्राफले बताए ।

उनका अनुसार मेडिसिन ओ.पि.डी, मुटुरोग, आँखा, दाँतको जाँच र फिजियोथेरेपी सेवा एक दिनका लागि निशुल्क प्रवाह गर्न लागिएको हो । यसअघि नारायणी सेन्ट्रल हस्पिटलले विश्व मजदुर दिवसको अवसरमा पनि निशुल्क सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्