पथलैयाकी दृष्टिविहिन अञ्जुलाई भिन्न क्षमता पुरस्कार


eShilalekh

२४ बैशाख २०८१, सोमबार १५:३४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाकी दृष्टिविहिन शिक्षिका अञ्जु धिताल अजितसेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार २०८० बाट पुरस्कृत भएकी छिन् । हेटौडास्थित भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले अञ्जुलाई १० हजार राशीको उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले एक कार्यक्रमकाबीच अञ्जुलाई पुरस्कृत गरेकी थिईन् । पथलैया घर भएकी अञ्जु अहिले सर्लाहीको हरिवन नगरपालिका २ स्थित अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालयमा अध्यापन गराउछिन् ।

२०४६ सालमा पथलैयामा जन्मिएकी अञ्जुले स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेकी छिन् । २०७९ सालको शिक्षा सेवा आयोगबाट प्राथमिक तहमा नाम निकालेकी अञ्जु त्यसयता रामअवतार जनता माध्यमिक विद्यालयमा अध्यापन गराईरहेकी छिन् ।

त्यसअघि उनले जीतपुरसिमरा १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय र सुनसरीमा रहेको कोशी माध्यमिक विद्यालयमा अध्यापन पढाईन् । उनले गैरसरकारी संस्थामा समेत काम गरिन् । सोही क्रममा शिक्षा सेवा आयोगको तयारी गरिरहेकी उनले प्राथमिक तहमा नाम निकालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्