तराईका केहि स्थानहरूमा हल्का वर्षाको सम्भावना


eShilalekh

२५ बैशाख २०८१, मंगलवार १४:१८

बाराः आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ ।

महाशाखाकी मौसमविद गंगा नगरकोटीले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

बुधबार पनि देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । बुधबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्र्मी समेत कम हुँदै गएको मौसमविद नगरकोटीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्