हुण्डी कारोवारको आशंकामा १३ लाखसहित एक जना प्रहरीको नियन्त्रणमा


eShilalekh

२५ बैशाख २०८१, मंगलवार १९:१७

सिमराः हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पर्सा प्रहरीले एक जनालाई १३ लाख १५ हजार रुपैयासहित नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा वीरगन्ज २२ नगरनाथपुरका २८ वर्षीय रवीकुमार पटेल रहेका छन् ।

वीरगन्जबाट प्र २–०३–०१०प ६७१९ नम्बरको मोटरसाइकलमा परवानीपुरतर्फ जाँदै गरेका पटेललाई वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकको प्रहरी टोलीले गण्डकबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट आठ सय ८९ थान एक हजारको नोट, आठ सय ५० थान पाँच सयको नोट, १० थान एक सय दरको नोट गरी १३ लाख १५ हजार र खाली चेक सात थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

पटेलमाथि वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरूद्वको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्