कारको ठक्करबाट बारामा ६ वर्षीया बालिकाको मृत्यु


eShilalekh

२५ बैशाख २०८१, मंगलवार १९:४०

सिमराः भारतीय नम्बरको कारले ठक्कर दिँदा बाराको परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीमा ६ वर्षीया बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकी प्रीतिकुमारी साह रहेकी छिन् ।

गण्डकबाट वीरगन्जतर्फ जाँदै गरेको डिएल१चिएच २३६० नम्बरको कारले ऋषीमुनि साहकी छोरी प्रीतिलाई ठक्कर दिएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएकी प्रीतिको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई ठक्कर दिने कारसहित चालक सिम्रौनगढ ९ बासवरियाका ३७ वर्षीय मुकेशप्रसाद यादव र भारत मोतिहारी भदहजका २७ वर्षीय मनिषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कारमा सवार दुवै जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्