कलैयामा अढाई घण्टामै ६७.८ मिलिलिटर वर्षा, गर्मीबाट राहत


eShilalekh

२५ बैशाख २०८१, मंगलवार २०:३४

सिमराः बाराको कलैयामा अढाई घण्टामै ६७.८ मिलिलिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले कलैयामा भएको उक्त वर्षा मंगलबार मापन गरिएको मध्येकै उच्च रहेको जनाएको छ ।

विभागका अनुसार दिउँसो ३.५ बजेदेखि साँझ ५.३५ बजेसम्म कलैया क्षेत्रमा ६७.८ मिलिलिटर बर्षा भएको छ । पछिल्लो २४ घण्टामा देशभर भएको वर्षामध्ये कलैयामा अढाई घण्टामा भएको वर्षा उच्च देखिन्छ ।

कलैयामा देशभरकै उच्च वर्षा हुँदा सिमरामा भने ४.४ मिलिलिटर वर्षा भएको विभागको तथ्यांकले देखाउछ । निजगढमा १२ मिलिलिटर वर्षा भएको छ । उता वीरगन्जमा ४५.४ मिलिलिटर वर्षा भएको विभागले जनाएको छ ।

वर्षाले राहत
अत्यधिक गर्मीका प्रभावित बनेका सर्वसाधारणलाई मंगलबारको वर्षाले राहत मिलेको छ । लामो समयदेखि वर्षा नहुँदा र चर्को गर्मीका कारण जनजीवन प्रभावित बनेको थियो । दिउँसो आएको वर्षापछि बारासहित तराईका केही जिल्लामा तापक्रम घटेको छ ।

प्रतिक्रिया दिनुहोस्