हेलमेट भित्र लुकाएर राखेको लागूऔषधसहित दुई जना बारा प्रहरीद्वारा पक्राउ


eShilalekh

२७ बैशाख २०८१, बिहीबार १८:००

बाराः बारामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले नोरफिन लगायतका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ३ का २७ वर्षीय विवश कार्की र चितवन भरतपुर महानगरपालिका ७ का ३१ वर्षीय ववी तामाङ रहेको बारा प्रहरीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जबाट प्र.३–०२–००९ प ४७३८ नम्बरको मोटरसाइकलमा चढेर हेटौँडातर्फ गइरहेका बेला कार्की र तामाङलाई रोकेर चेकजाँच गर्दा हेलमेट भित्र लुकाएर राखेको लागूऔषध बरामद भएको प्रहरीको भनाई छ ।

हेलमेट भित्र २ एमएलको १८ थान लागूऔषध नोरफिन, २ एमएलको १७ थान राग, र २ एमएल कै १८ पिस डाईजोपाम लुकाएर राखेको डिएसपी न्यौपानेले जानकारी दिए । पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्