सांग्रिला डेभलपमेन्ट बैंक र होटल श्रेष्ठ रेसिडेन्सीबीच सहकार्य सम्झौता


eShilalekh

२८ बैशाख २०८१, शुक्रबार १८:३०

सिमराः श्रेष्ठ रेसिडेन्सी र सांग्रिला डेभलपमेन्ट बैंकबीच शुक्रबार सहकार्य सम्झौता भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरास्थित होटलमा आयोजित एक कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतासंगै अब सांग्रिला बैंकका ग्राहक र कर्मचारीले होटलबाट प्राप्त हुने सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त सेवा देशको सबै शाखाका सेवाग्राही र कर्मचारीले पाउनेछन् ।

सांग्रिला बैंकको सेवाग्राही वा कर्मचारी रहेको परिचय खुल्ने कागजातबाट उक्त छुट सुविधा पाउने गरी सम्झौता भएको हो । होटल संचालक शम्भु खड्गी र बैंकका क्षेत्रीय प्रमुख रुपक मैनालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा बैंकको केन्द्रीय कर्जा प्रमुख अधिकृत रजित मास्के, केन्द्रीय कर्जा असुली विभाग प्रमुख उदेश भटराई, जीतपुर शाखा प्रबन्धक सबिर अलि र बालुवाटार शाखा प्रबन्धक सुलोभ जोशी, होटल व्यवस्थापक निशान थपलियालगायतको उपस्थिति रहेको थियो ।

देशभर एक सय १२ वटा शाखा रहेको बैंकले जीतपुरस्थित शाखाबाट सेवा प्रवाह गरिरहेको छ । बैंकबाट सरल कर्जा प्रक्रियासहित आधुनिक बैंकिङ सुविधासहित वित्तिय कारोवार गर्न सकिने जीतपुरका शाखा प्रवन्धक अलिले बताए ।

प्रतिक्रिया दिनुहोस्