कलैया उपमहानगरपालिका फूटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा


eShilalekh

६ जेष्ठ २०८१, आईतवार २०:५८

सिमराः कलैया उपमहानगरपालिका फूटबल प्रतियोगिताको सेमिफाइन समिकरण पूरा भएको छ । भोडाहा खेल मैदानमा आइतबार सम्पन्न अन्तिम क्वाटरफाइन खेलमा नव जनप्रगति युवा करैयामाईले जित हात पारेसंगै प्रतियोगिताको अन्तिम चारको टुंगो लागेको हो ।

उजाला युथ क्लब बरेवा बैरियालाई ३–१ ले पराजित गर्दै नव जनप्रगति सेमिफाइनमा प्रवेश गरेको हो । यसअघि नेपाली सेनाको ज्वाला दल गण कलैया, न्यू जनजागृति युवा क्लब निजगढ र समाज विकास युवा क्लब भोडाहा सेमिफाइनलमा प्रवेश गसिकेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा जनप्रगतिलाई जित दिलाउने क्रममा सुमन चौधरी, कृष्ण गोसाई र मुक्ति चौधरीले समान एक/एक गोल गरे । उजालाका लागि नविन चौधरीले एक गोल फर्काए । नव जनप्रगति क्लबका कृष्ण गोसाई प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो सेमिफाइनल खेलमा श्री ज्वाला दल गण कलैया र समाज विकास युवा क्लब भोडाहा भिड्नेछन् । कलैया उपमहानगरपालिको सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगितको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्