समाज विकास युवा क्लब कलैया उपमहानगरपालिका फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश


eShilalekh

७ जेष्ठ २०८१, सोमबार २२:०४

सिमराः समाज विकास युवा क्लब भोडाहा कलैया उपमहानगरपालिका फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भोडाहा खेल मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको श्री ज्वाला दल गणलाई २–० ले पराजित गर्दै समाज विकास फाइनलमा प्रवेश गरेको हो ।

समाज विकासको जितमा अजय चौधरी र उदित नारायण चौधरीले समान १/१ गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच समाजका विकासका कृष्ण चौधरी घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार न्यू जन जागृति युवा क्लब निजगढ र नव जन प्रगती युवा क्लब करैयामाईबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । कलैया उपमहानगरपालिको सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगितको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्