प्रहरीको खोजीको सूचीमा रहेका प्रेम गिरी पक्राउ, थुप्रै अपराधमा संलग्न थिए गिरी


eShilalekh

७ जेष्ठ २०८१, सोमबार २२:२८

सिमराः प्रहरीको खोजीको सूचिमा रहेका पर्सा सखुवा प्रसौनी ५ बलुवाका ७२ वर्षीय प्रेम गिरी पक्राउ परेका छन् । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा उनी प्रहरीको खोजीको सूचिमा थिए ।

गिरी १६ वर्ष अघि जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको हत्याको मुख्य आरोपित हुन् । मैनालीको २०६५ असोज २२ गते गोली हानेर हत्या भएको थियो । उक्त हत्यामा गिरीको संलग्नता रहेको प्रहरीको भनाई छ ।

त्यसबाहेक उनिमाथि २०५७ भदौ १२ गते विन्दावासिनी गाउँपालिका ४ का देवेन्द्रप्रसाद यादवको हत्या गरेको आरोप छ । यादवको घरमा डकैती गर्ने क्रममा गोली प्रहार गरेको र उक्त गोली लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरी हातहितयार मुद्धामा २०६० सालमा पुनरावेदन अदालतबाट दोषी ठहर भएका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय पर्साले समेत हातहतियार मुद्धामा दोषी करार गरेको थियो । कयौं मुद्धामा दोषी ठहर भएपनि हालसम्म फरार रहदै आएका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाई कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्