अत्यधिक गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा, आइतबार खुल्ने


eShilalekh

१४ जेष्ठ २०८१, सोमबार १६:४७

सिमराः अत्यधिक गर्मीका कारण जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका विद्यालयमा विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले तीन दिनका लागि विदा दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्धारा जारी सूचनामा नगर प्रमुख स्तरीय निर्णय अनुसार जेठ १६ गतेदेखि १८ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको उल्लेख छ । वर्षे विदाबाट कट्टा हुने गरी विदा गरिएको नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालय अब जेठ २० गते खुल्नेछन् ।

तीन दिनका लागि विदा दिइएपनि उपमहानगरपालिका भित्रका विद्यालय मंगलबारदेखि पाँच दिन बन्द हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवस र जेठ १९ गते शनिबार परेका कारण शैक्षिक संस्था आइतबार मात्रै खुल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्